Section 5
मतपत्रको दुरुपयोग गर्न नहुने
(१) कसैले पनि मतपत्रलाई नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिन्ह वा सङ्केत मेट्न, केर्न, सच्याउन, किर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्र नोक्सान पुर्याउन वा दुरुपयोग गर्न वा गराउन हुँदैन ।
(२) कसैले पनि नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न हुँदैन ।
(३) कसैले पनि मतपत्र खरिद बिक्री गर्न हुँदैन ।
(४) कसैले पनि आधिकारिक छाप वा चिन्ह लागेको मतपत्र मतदान नगरी आफूसँग राख्न वा मतदान केन्द्र बाहिर लैजान हुँदैन ।
(५) उपदफा (१), (२) वा (३) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(६) उपदफा (४) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।